काठमाण्डौ – नेपालमा सिप्रदी ट्रेडिङ प्रालीले फ्रान्सको कम्पनी मिसेलिनका टायरको व्यवसायिक बिक्री गरिरहेको छ ।

मिसेलिनका टायरहरू एक सय ७० देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ ओटा उत्पादन केन्द्रहरू छन् । एक सय ३० वर्षदेखि सञ्चालनमा आएको यो कम्पनीले नेपालका लागि व्यवसायिक, यात्रुवाहक र दुई पाङ्ग्रे सवारी साधनको टायर बिक्री गरिरहेको छ ।

सिप्रदीले गएको तीन वर्षदेखि मिसिलिनको उपयोगिता विश्लेषण गरेर मात्र औपचारिक रुपमा सार्वजनिक गरी बिक्री थालेको हो । सवारी साधनको सुरक्षा, आरामदायी, माइलेज लगायतमा टायरको ठूलो भुमिका हुन्छ । यिनै कुरालाई मध्यनजर गर्दै नेपाली बजारमा मिसेलिनका टायरलाई गुणस्तरीय टायरका रुपमा लिइन्छ ।

किन प्रयोग गर्ने मिसेलिनका टायर ?

फ्रान्समा उत्पादित यो कम्पनीको टायर प्रयोग गर्दा २० प्रतिशतसम्म इन्धनको बचत हुने अध्ययनले देखाएको छ । यो टायरको आयुसमेत बढी भएकोले सुरुमा केही महँगो लागे पनि त्यसले उपभोक्तालाई फाइदा दिन्छ ।

यसैगरी मिसेलिनका कुनै पनि टायरहरु अरु टायरको तुलनामा ७० देखि ८० प्रतिशत पन्चर हुने सम्भावना कम हुन्छ । स्कुटरमा त ९९ प्रतिशतसम्म पन्चर नहुने खालको टायर छ ।

सुरक्षाका लागि मिसेलिनले के गरिरहेको छ ?

विभिन्न पार्किङ क्षेत्रमा यात्रुवाहक सवारी साधन र दुई पाङ्ग्रे टायरको जाँच गरी टायरको आयु लगायत हेर्ने गरिरहेका छौँ । यसैगरी टायर सुरक्षाका बारेमा गाडी धनीलाई जनचेतना दिने कार्यक्रम पनि छ ।

यसअन्तर्गत गुणस्तरीय टायरको प्रयोग र उपयोगिता, टायरलाई सुरक्षित राख्ने उपायहरु पर्छन् । कोही ग्राहकले मिसेलिनका टायर किन्छन् भने नियमित अपडेट गर्छौँ र केही समस्या आएमा तत्काल समाधान गर्न ग्राहक भएकै ठाउँमा पुग्ने प्रयास गर्छौँ ।

(सिप्रदीमा मिसेलिनका बजार व्यवस्थापक मनिष महर्जनसँग उज्यालो सहमकर्मीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah