काठमाडौं । इटालीयन कम्पनी बेनेलीको लागि नेपालको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले आकर्षक डिजाइनका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा सस्तो मूल्यको टिएनटी १५ देखि २० लाख रुपैयाँ मूल्य पर्ने टिएनटी ६०० आई मोटरसाइकल बिक्री गरिरहेको छ ।
हाल, बजारमा बेनेलीका ११ मोडलका मोटरसाइकल बिक्री भइरहेका छन् । जसमध्ये, १५० र २५० सीसी सेग्मेन्टका मोटरसाइकल बढि रुचाइने गरिन्छ । यस सेग्मेन्ट अन्तर्गत कम्पनीले बेच्दै आएका मोटरसाइकल यस्ता रहेका छन् ।
टीएनटी–१५० र टीएनटी १५० आई
बेनेलीको सस्तो मोटरसाइकल टिएनटी १५० फ्युल इन्जेक्टेड र कार्बोरेटर भर्सनमा उपलब्ध रहेको छ । नेपाली बजारमा टिएनटी–१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध छ । यी दुबै मोटरसाइकलको तौल १४० केजी रहेको छ । कार्बोरेटर भर्सको मूल्य २ लाख ३० हजार र एफआई भर्सनको मूल्य ३ लाख १५ हजार तोकिएको छ । मोटरसाइकलको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएच पावर उत्पादन गर्छ । यस मोटरसाइकलको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । यसमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
बीएन २५१
यो मोटरसाइकलको मूल्य ५ लाख २० हजार रुपैयाँ रहेको छ । मोटरसाइकलमा उपलब्ध लिक्वीड कुल्ड फोर स्ट्रोक इन्जिनले ९ हजार आरपीएममा २४.२ बीएच पावरका साथै ७ हजार आरपीएममा २१ एनएम टर्क पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
यसको फ्रन्ट साइडमा ४१ एमएमको डिस्क ब्रेक र रियरमा एडजस्टेबल मनोशक लगाइएको छ । फ्रन्टमा ४१ एमएमको यूएसडी फर्क र रियरमा सिंगल स्विंगआर्म माउन्ट शक याब्जर्बर दिइएको छ । नेपाली बजारमा यो मोडल विभिन्न चार कलर अप्शनमा उपलब्ध छ ।
टिआरके २५१
अफरोड टुरको लागि निर्माण गरिएको टिआरके २५१ को मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ । यसमा उपलब्ध फोर स्ट्रोक सिंगल सिलिन्डर डिओएचसी फ्युल इन्जेक्टेड इन्जिनले ९२५० आरपीएममा २५.८ बएिच पावरका साथै ८ हजार आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ ।
उक्त इन्जिनमा डबल च्यानल एबीएसको विशेषता दिइएको छ । यसको फ्रन्ट साइडमा २८० एमएमको र रियरमा २४० एमएमको डिस्क बेक लगाइएको छ । यसमा स्पीडोमिटर, टेकोमिटर, ट्रिपमिटर, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषता दिइएको छ ।
लियोन्सिनो २५१
यो मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ । यसमा उपलब्ध सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड लिक्वीड इन्जिनले ९२५० आरपीएममा २५.५ बीएच पावर र ८००० आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्टमा ४१ एमएमको अपसाइड डाउन टेलिस्कोपिक फर्क र रियरमा ५१ एमएमको मनोशक याब्जर्वर दिइएको छ ।
यसको इन्जिनमा ६ स्पीड अटोमेटिक गियरबक्स लगाइएको छ । बेनेली लियोन्सिनो २५० मा फुल एलइडी हेडल्याम्प, फ्रन्ट साइडमा रेट्रो स्टाइलको राउन्ड हेडल्याम्प क्लस्टर, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, मस्कुलर फ्युल ट्यांकी लगाइएको छ ।



