काठमाडौं / साताको छैटौं दिन आज शुक्रबार सुनको मुल्य बढेको छ । हिजो बिहिबार प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज रु ७०० ले बढेर प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ पनि बढेको छ । हिजो प्रतितोला ८ ६० रुपैंयामा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु ८७० मा कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।



