दमक/ झापा दमक ५ मा रहेको शितल कृषि सहकारी संस्थाले आफ्नो छैठौ बर्षिक साधरणसभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ झापाका सदस्य प्रेम कोइरालाको प्रमुख आतिथ्यमा र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको बिशेष आतिथ्यमा साधरण सभा भएको थियो ।

अध्यक्ष सुनिल शाहले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुजी १ करोड ४६ लाख ८६ हजार ५ सय पुगेको छ । यो गत असार मसान्तसम्मको हो । संस्थाले ९ करोड २६ लाख ७८ हजार ९ सय ९५ रुपियाको कुल कारोबार गरेको पनि सो अवसरमा जानकारी गराईएको थियो ।

सहकारीका ब्यवस्थापक राहुल शाहका अनुसार आगामि २ बर्षभित्रमा कृषि सम्बन्धि प्रत्यक्ष कार्य गर्ने कृषकलाइ ५ करोडसम्म सहुलियत ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउने साथै संस्थाको तर्फबाट कृषिमा लगानी गर्ने प्रस्ताव समेत साधरण सभाबाट पास भएको छ । ३ बर्षभित्रमा कारोबार ३२ करोड पुर्याउने योजना पनि सार्वजनिक गरिएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय