कपिलवस्तु/ जिल्लाको कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ ।

मादकपदार्थ सेवन गरी शनिबार राति घरायसी विवादमा छोरा सुरेन्द्र कुर्मीले ५५ वर्षीया आमा फूलमतीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।