गुल्मी/ गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिला अन्दाजी २७ र बालिकाहरू एउटा अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए। घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दूरीमा रहेको प्रहरीले जनाएको छ। अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। अन्य घटनाको बारेमा थप अनुसन्धान सुरू भएको प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले बताए।डिसी नेपालबाट