#

आमाका लागि दुलहा खोजिरहेकी यी युवतीले ट्वीटरमा राखिन् यस्तो तीन शर्त, जुन भयो भाइरल !

  एजेन्सी   २०७६ कार्तिक १७, आईतवार १२:३१ मा प्रकासित

एजेन्सी/ आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो ।

भारतमा एक छोरीले आफ्नी आमाका लागि दुलहाको खोजी गरिरहेकी छिन् । परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ ।

आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु । उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ ।’

आस्था आफ्नी आमाका लागि यस्तो दुलहाको खोजीमा छिन् जो हेर्दा ह्यान्डस हुनुपर्छ र उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ । आस्थाको यो ट्वीट अहिलेसम्म ६ हजार बढीले रिट्वीट गरेका छन् र यसमा २९ हजार बढी लाइक आइसकेको छ ।

आस्थाको प्रोफाइल हेर्ने हो भने उनले आफूलाई कवयित्री, राजनीतिक अवलोकनकर्ता, नेल आर्टिस्ट, देशभक्त र कानूनकी विद्यार्थीको रुपमा पेश गरेकी छिन् । आस्थाले ट्वीटरमा जुन फोटो सेयर गरेकी छिन् त्यसमा उनकी आमाले गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु