टिकटकको पेरेन्ट कम्पनी बाइटडान्स (Bytedance) ले स्मार्टफोन बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोनसहित कदम राखेको छ । कम्पनीले चीनमा आफ्नो पहिलो स्मार्टफोन स्मार्टिसन जिआंगुओ प्रो ३ (Smartisan Jianguo Pro 3) सार्वजनिक गरेको छ । फोनका प्रोसेसर र क्यामरा दुबै उत्कृष्ट छन् । चीनमा यसको सुरुवाती मूल्य २,८९९ युआन अर्थात् ४९ हजार रुपैयाँ राखिएको छ । यसबाहेक ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ३,१९९ युआन अर्थात् ५१ हजार रुपैयाँ तोकिएको छ भने १२ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ३,५९९ युआन अर्थात् ५७ हजार रुपैयाँ पर्छ ।

यो फ्ल्यागशिप फोनका अन्य विशेषता यस्ता छन्ः

फोनमा ६.३९ इन्चको फूल एचडी + AMOLED डिस्प्ले दिइएको छ जुन 1080×2340 पिक्सल रिजोलुशनसहित आउँछ । यो फोन स्न्यापड्र्यागन ८५५ + प्रोसेसरबाट सुसज्जित छ । यद्यपि, यो एन्ड्रोइडको कुन भर्सनमा बेस्ड छ, त्यसबारे कुनै जानकारी दिइएको छैन ।

फोनको १२ जीबीसम्मको र्‍याम र २५६ जीबीको स्टोरेज अप्सन पेश गरिएको छ । फोनको २५६ जीबी इन्टरनल स्टोरेज भएको भेरियन्ट फास्ट डेटा ट्रान्सफरका लागि UFS 3.0 सपोर्टसहित आउँछ । फोन स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्छ ।

चारवटा क्यामरासहित लञ्च भयो फोनः

फोनमा क्वाड (चार) रियर क्यामरा सेट दिइएको छ । यसमा ४८ मेगापिक्सलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सलको टेलिफोटो लेन्स र ५ मेगापिक्सलको म्याक्रो क्यामरा दिइएको छ । फोनको प्राइमरी क्यामरा सोनी IMX586 सेन्सरसहित आउँछ । फोनमा सेल्फीका लागि २० मेगापिक्सलको क्यामरा राखिएको छ ।

पावरफुल छ ब्याट्रिः

पावरका लागि फोनमा 4000mAh को ब्याट्रि दिइएको छ जसले क्विक चार्ज 4+ (18 वॉट) चार्जिङ सपोर्ट गर्छ । यो फोनमा ब्लूटूथ ५.०, वाइफाइ a/b/g/n/ac,जीपीएस, GLONASS ग्यालिलियो र वाइफाइ डायरेकटजस्ता कनेक्टिभिटी विशेषता छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय