काठमाडौं/ दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।

बस दुर्घटनामा तीन महिना, एक बालकसहित ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले पनि दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो।

बस खोलामा पूर्णरुपमा डुबेको छ । दुर्घटनामा परेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारका लागि अस्पताल लगिँदैछ ।घटनाका बारेमा थप विवरण आउँदैछ ।खबरहब