काठमाडौं/ आज साताको पाचौ  दिन  आज (बिहिबार) सुनको भाउ बढेको  छ। आज सुन तोलामा ४  सय रुपैयाँले बढेको  हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६  सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको  छ। आज तेजावी सुन प्रतितोला ७० हजार ३  सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउपनि बढेको  छ । आज चाँदी प्रतितोला ८ सय ५०  रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी ८ सय ४५  रुपैयाँमा कारोबार भएको थियो।