ईलाम/ ईलामको माई जोगमाई गाउँपालिका-५ सोयाङ बस्ने ६० बर्षीय टेक बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको छ ।

बुधवार बिहान साँढे ९ बजेको समयमा घाँस काट्न जान्छू भनी हिडेका खड्का अबेर सम्म घर नफर्के पछी खोजतलास गर्ने क्रममा घर देखि करिव १०० मिटर पुर्वमा रहेको भिर मुनी मृत अवस्थामा फेला परेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय नयाँ बजारबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।