झापा \ झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।