हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ । कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्रो मानिन्छ । यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस । जानी राखौ स्

१-पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ,, २-हातका औँला लामा–लामा हुनु ,, ३-औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु,, ४-छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ,, ५-शरीरमा विभिन्न सात सुगन्ध हुनु , ६-हरिणका जस्ता फिला हुनु , ७-गुप्ताङगहरु गुप्त रहनु, ८-शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु , ९-शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु , १०-काँध पुष्ट, चौडा र गोलो हुनु , ११-पाखुरा राम्ररी फर्कने हुनु , १२-पाखुरा लामा हुनु १३-सम्पुर्ण शरीर तेजोमय हुनु, , १४-शंख समान घाँटी हुनु १५-सोझो र सिंहको जस्तो चिउँडो हुनु , १६-३२ वटा दाँत हुनु , १७-चम्किला र टमक्क जोडिएका दाँत हुनु , १८-समान मिलेका दाँत हुनु , १९-बंगारा स्वच्छ र सुन्दर हुनु , २०-जिब्रो लामो हुनु , २१-विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु , २२-पातलो स्वर हुनु , २३-विभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु , २४-कुरामा अडिक रहनु २५-आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु, २६-मिलेको कपाल हुनु , २७-अल्छी नहुनु , २८-अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु , , २९-शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु , ३०-चमक्क चम्किने केश हुनु , ३१-स्वभाव लज्जालु हुनु , ३२-दुढ स्वभाव हुनु

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड