काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा दुईवटा विमान ठोक्किएका छन् ।विमानस्थल स्रोतका अनुसार ग्राउण्ड ह्याण्डलिङ गर्ने क्रममा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई ठक्कर दिएको हो । जहाजमा सामान्य क्षति भएको छ । विमानस्थल स्रोतका अनुसार श्री एयरले यतिको विमानलाई ठक्कर दिएको हो ।

विमानस्थल स्रोतका अनुसार श्री एयरको असावधानीले विमान ठोक्किएका हुन् । श्रीएयरलाइन्स सिनामंगलस्थित हवाईइन्धन डिपोबाट तेल चोरी गरेको प्रकरणमा मुछिसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।