चितवन\ चितवनस्थित भरतपुर अस्पतालको भर्‍याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लमजुङको दूधपोखरी गाउँपालिका २ का विष्णु सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुनार श्रीमतीलाई उपचार गराउन कार्तिक १७ गते भरतपुर अस्पताल आएका थिए। हाल सुनारको शव अस्पतालमै राखिएको र आत्माहत्या बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।