एजेन्सी\नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहबाट नयाँ तस्बिर पठाएको छ।मंगल ग्रहमा पहिले जीवनको अस्तित्व थियो कि थिएन भन्नेबारे अध्ययन गर्नका लागि अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०१२ मा क्युरियोसिटी रोभर रोवोटिक यानलाई मंगल ग्रहमा पठाएको थियो।

त्यसयता रोभरले धेरै तस्बिरहरु पठाइसकेको छ। यसै महिनाको सुरुवात नोभेम्बर १ मा पनि यसले मंगल ग्रहको नयाँ तस्बिर पठाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त तस्बिरमा पहाडको बिचमा सुख्खा ताल देखिएको छ। सुख्खा तालमा तिखा चट्टानहरु देखिएका छन्।

यस तस्बिरले त्यहाँ पहिलो पानीको अस्तित्व रहेको संकेत गर्ने अमेरिकी भूवैज्ञानिक सर्वेक्षण केन्द्रका वैज्ञानिक क्रिस्टेन बेनिटले बताएका छन्।

मंगल ग्रहलाई रातो ग्रह पनि भन्ने गरिन्छ। सौर्य मण्डलमा पृथ्वपछि जीवन अस्तित्वमा रहेको ग्रहको रुपमा यसलाई लिइन्छ। सीएनएन