काठमाडौं\ आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको  छ । आज छापावाला सुन ७१ हजार ६  सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार छापावाला सुन ७१ हजार ८ सय रुपैंयामा  कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो आइतबार चादि ८५५ रुपैयामा  कारोबार भएको थियो ।