नेपालमा दुइपाँग्रे सवारीको बजार बढ्दै गएको छ । दुइपाँग्रे सवारीप्रतिको आकर्षणलाई मध्यनजर गर्दै विभिन्न अटो बिक्रेता कम्पनीले आकर्षक फाइनान्स सुविधा दिँदै आएका छन् । मोटरसाइकल वा स्कुटर चढ्न चाहने तर रकम अभावका कारण आफ्नो रहर पुरा गर्न नसकेकाहरुलाई यो सुविधाले राहत प्रदान गर्ने गरेको छ । प्रायः अधिकांश मोटरसाइकल बिक्रेता कम्पनीले निश्चित ब्याजदरमा फाइनान्सको सुविधा दिँदै आएका छन् ।

त्यसमा पनि ठूला कम्पनीहरुले आफ्नै इन्भेष्टमेन्ट कम्पनीमार्फत किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएका छन् ।

नेपालमा हाल हिरो, होन्डा, बजाज, टीभीएस, यामाहा लगायतका कम्पनीले यस्तो सुविधा दिँदै आएका छन् । कस्तो छ त यी फाइनान्स कम्पनीको कर्जा सुविधा ?

बजाज

करिब आठ वर्षअघि बजाज कम्पनीले स्थापित गरेको हुलास इन्भेषमेन्ट प्रालिले बजाजका मोटरसाइकल किन्ने ग्राहकलाई आकर्षक फाइनान्स सुविधा दिँदै आएको छ ।

हुलास इन्भेष्टमेन्टले न्युनतम ३० प्रतिशतदेखि माथिको डाउनपेमेन्टमा सवारी कर्जा उपलब्ध गराउँदै आएको छ । अधिकतम तीन वर्षको अवधिसम्म फाइनान्स सुविधा दिँदै आएको यस कम्पनीले मासिक १४ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँछ ।

यामाहा

यामाहा कम्पनीले करिब पाँच वर्ष अगाडिदेखि आफ्नै एमएडब्ल्यू इन्भेषमेन्ट प्रालिमार्फत कर्जा दिदै आएको छ । कम्पनीले किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकलाई अधिकतम दुई वर्षे अवधिको लागि फाइनान्स सुविधा प्रदान गर्ने गरेको छ ।

मोटरसाइकल किन्ने ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गरेकोखण्डमा मासिक १५ प्रतिशत र ५० प्रतिशत डाउनपेमेन्ट गर्दा मासिक १४ प्रतिशत ब्याजदरमा मोटरसाइकल÷स्कुटर खरिद गर्न कर्जा दिइरहेको छ ।

टीभीएस

जगदम्बा इन्भेष्टमेन्ट प्रालिले टीभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटरका कर्जा लगानी गर्दै आएको छ । तीन वर्ष अगाडि स्थापित भएको यो फाइनान्स कम्पनीले अधिकतम दुइ वर्षे अवधिका लागि अटो कर्जा उपलब्ध गराउँदै आएको छ ।

हाल टीभीएसले न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्स सुविधा दिइरहेको छ । टीभीएसले आफ्नो बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई मासिक, १५ देखि १६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

होन्डा

अन्य कम्पनीले जस्तै होन्डाले आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार ट्रेडिङ मार्फत फाइनान्स सुविधा दिँदै आएको छ । कम्पनीले होन्डाको मोटरसाइकल तथा स्कुटर किस्ताबन्दीमा किन्न चाहनेको लागि वार्षिक ९.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले उपलब्ध गराएको व्याजदर बजारमा चलेको अटो लोनको तुलनमा सस्तो रहेको छ । होन्डाको मोटरसाइकल तथा स्कुटर किस्तामा किन्न चाहनेले न्युनतम ३० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

हिरो

हिरोको बाइक तथा स्कुटर खरिद गर्दा कम्पनिले ग्राहकहरुलाई आकर्षक फाइनान्स सुविधा दिदै आएको छ । हिरोको आफ्नै इन्भेष्टमेन्ट कम्पनी नेपाल जनरल मार्केटिङ मार्फत फाइनान्स गर्दै आएको छ ।

हिरोको बाइक खरिद गर्दा ग्राहकहरुले ० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् जसको ५० प्रतिशत रकम ९ महिनाभित्रमा तिरिसक्नु पर्ने छ । उक्त कर्जाको लागि ग्राहकले १६ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ । ९ महिना पछि बाँकी ५० प्रतिशत रकमको किस्तासहित १६ प्रतिशत ब्याज १५ महिना भित्र तिर्नु पर्नेछ ।

आवश्यक डकुमेन्ट

प्रायः अधिकांश फाइनान्स कम्पनीले बाइक वा स्कुटर किस्ताबन्दीमा उपलब्ध गराउँदा आवश्यक कागपत्रको माग गर्नेछन् भने विभिन्न सर्तहरु राख्ने गर्छन् ।

यसरी फाइनान्सबाट बाइक वा स्कुटर किन्नेले सम्पूर्ण किस्ता चुक्ता नगरून्जेल बाइक फाइनान्सको नाममा दर्ता हुन्छ । कम्पनीले बाइक किन्न चाहनेको मासिक कमाईको तथ्याङ माग्ने गर्छ ।

ग्राहक १८ वर्षभन्दा माथिको हुनुपर्ने नीति प्रायः सबै फाइनान्स कम्पनीले राखेका छन् । तलबको जानकारी भएको कागजपत्र र आफै चलाउने हो भने ड्राइभिङ लाइसेन्स भएको हुनुपर्ने नीति रहेको छ ।

कसैको जमानीमा बाइक वा स्कुटर खरिद हो भने, सो व्यक्तिको लाइसेन्स अनिवार्य हुनु पर्छ । कम्पनीले ग्राहकको नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइज फोटो, बिजुलीको बिल वा घरको प्रमाण पुर्जाको फोटोकपी लगायतका डकुमेन्ट माग्ने गर्छ । मेरो अटो डट कम बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah