काठमाण्डाै ।  नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नी मोटोनिक प्रा. लि. ले भारतमा लाेकप्रिय रहेकाे मोटरसाइकल मोजो  नेपाली बजारमा भित्र्याएको छ। भारतको पुनेबाट  १२ सय किलोमिटरको दुरी पार गरी  याे मोटरसाइकल नेपाल ल्यार्इ NADA Auto Show 2016  मार्फत सार्वजनिक गरिएकाे हाे । ६–स्पीड ट्रान्समिसन भएको यो मोटरसाइकलको फोर्क उल्टो तरिकाले राखिएको छ जसले गर्दा यो मोटरसाइकलको लुक्स अन्यभन्दा फरक देखिन्छ। यसको ग्राउण्ड क्लियरेन्स १७३.५ मिमि छ र २१ लिटर इन्धन ट्याङ्की छ। यसको मूल्य ५ लाख ८० हजार रुपैयाँ राखिएको छ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार MOJO महिन्द्रा टू व्हीलर्सको तर्फबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक हो र यस मोटरसाइकललाई नेपालमा ल्याउन पाएकोमा एकदमै हर्षित रहेकाे बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय