कात्तिक महिनामा वैदेशिक रोजगारीमा जाने*को संख्या असोजकोभन्दा झण्डै तेब्बरले बढेको छ । असोज महिनामा १८ हजार ७ सय ७१ जनाले अन्तिम श्रम स्वी*कृति लिएका थिए ।
कात्तिक महिनामा यो संख्या ३२ हजार ५ सय ३ ले बढेर ५१ हजार २ सय ७४ पुगेको छ । विभिन्न ९१ दे*शमा जानको लागि ४७ हजार १ सय १६ पुरुष र ४ हजार १ सय ५८ महिला*सहित ५१ हजार २ सय ७४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
सबैभन्दा बढी १५ हजार ७ सय १४ जना*ले यूएई जान श्रम स्वीकृति लिएका छन् । कतारको लागि ११ हजार २१, साउदी अरब जानको लागि १० हजार ७ सय ३३ जनाले स्वीकृति लिएका छन् । यस्तै* मलेसियाको लागि ५ हजार ७ सय ७५, कुवेत जानको लागि २ हजार ५ सय ६१, बहराइनको लागि १ हजार ३० जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभा*गले जनाएको छ ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका*मध्ये तीन महिलासहित २ सय २६ जनाले कोरिया जान अन्तिम श्रम स्वीकृ*ति लिएका छन् । जम्मा ६ सय ९३ म्यानपावरले १८ हजार ४ सय ९० कामदारलाई वैदेशिक रोजगारीमा पठाएका छन् । यो महिनामा एसओएस म्यानपावर सर्भाइसले सबै*भन्दा बढी ५ सय ३८ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ ।
यस्तै अञ्जली ओभरसिज सर्भि*सले ४ सय ६ र प्याराडाइज् इन्टरनेशनलले ४ सय १ जना कामदार*लाई वैदेशिक रोजगारीमा पठाएको छ । ६५ म्यानपावर कम्पनीले महिनाभरी १ जना काम*दारलाई मात्र वैदेशिक रोजगारीमा पठाएका छन् । ५८ म्यानपावरले कात्तिक महि*नाभरी २ जना कामदारलाई पठाएका छन् ।
सक्रिय रहेका ८ सय ४३ म्यानपाव*रमध्ये १ सय ५० म्यानपावरले एक जना पनि पठाउन सकेनन् । कात्तिक महिनामा विभिन्न देशबाट ४३ हजार ९ सय पुरुष र ४ हजार ३ सय ७७ महिलासहित ४८ हजार दुईसय ७७ जना कामदारको माग आएको विभा*गले जनाएको छ ।



