सुरेन्द्र नापित/ बोस्टन/ नेवाः अर्गनाईजेशनअफअमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिनम्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमाआयोजितम्हःपुजाकार्यक्रमधुमधामसंग सम्पन्नभयो। उक्तकार्यक्रममाम्यासाच्युसेट्स राज्यकाविभिन्न ठाउंहरुबाट धेरै नेपालीहरु एकै ठाउंमा भेलाभई म्हःपुजा रनेपाल सम्बत ११४०हर्षोल्लासपूर्ण मनाए । उक्तकार्यक्रममा एक आपसमा नेपाल सम्बत ११४० को शुभकामनाआदानप्रदान गरिएको थियो।

कार्यक्रम शुरु गर्नु अगाडि संस्थाकाअध्यक्ष राजुमानश्रेष्ठले पानसमाबत्तिबालिबिभिन्न देबी देबताको पुजा गरी सहभागी सबैलाई स्वागत रधन्यबादब्यक्त गर्नुका साथै नेपाल सम्बत ११४० को उपलक्ष्यमाशुभकामनादिनुभएको थियो।त्यसपछि महिलाहरुको समुहले मंदको पूजा गर्नुको साथै टिका लगाई दिएर सगुन प्रसाद दिनेकाम गरेका थिए। उक्तदिननेवाः समुदायकामानिसले आफ्नो आत्मापुजा गरि म्हःपुजामनाउने परम्परा छ । संस्थाका सचिब बुद्धरत्नमहर्जनले कार्यक्रम संचालन गर्नुभएको थियो। यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नको लागि संस्थाकाअध्यक्ष राजुमानश्रेष्ठ, उपाध्यक्षखिल नारायण श्रेष्ठ, सचिब बुद्धरत्नमहर्जन, कोषाध्यक्ष डा. निराजन मणि, सदस्यहरु क्रमशः रुप शाक्य, सुरेन्द्र नापित, रवि राजकर्णिकार, रबिन बज्राचार्य र तिनीहरुका परीवार तथा साथीहरुले सहयोग गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संस्थाबाट खोलिएको भाग्यशालीउपहार पुरस्कारहरु प्रथम देखि सातौंसम्म क्रमशःसुशान्तश्रेष्ठ, लोना श्रेष्ठ, ओमिकानापित, विशेषश्रेष्ठ, ब्रशेश महर्जन, निर्भिक र आलेकाले जितेका थिए।त्यसैगरी नम्रता राजकर्णिकार, अल्बिनानापित र अल्बिन नापितबाट संयुक्त रुपमा खेलाइएको बिङ्गो खेलमाओमिकानापित र विशेष श्रेष्ठले फुलहाउस पुरस्कार जितेका थिए।वहाँहरूलाई दामासाहीले पुरस्कार बितरण गरिएको थियो। यसैगरी छोटो मनोरंजन कार्यक्रममा संगीतारा राजकर्णिकार र सुरेन्द्र नापितले क्रमशः नेवारी र नेपालीगीतगाउनुभएको थियो । यो च्याप्टरले हरेक बर्ष म्हःपुजाका साथै बिभिन्न चाडपर्व र कार्यक्रमहरु संचालनगर्दै आएको छ । आफ्नो भाषा संस्कृति र परम्परालाई बिदेशमारहेर पनिनयां पुस्तालाई सिकाउने उद्देश्यले कार्यक्रमकोआयोजन गरीएको नेवाः अर्गनाईजेशनअफ अमेरिका, न्युईङ्गलैण्ड च्याप्टर, बोस्टनका पदाधिकारीहरुले बताए। कार्यक्रमको अन्त्यमा रात्रिभोजको आयोजना गरीएकोथियो । फोटोः सुरेन्द्र नापित