एजेन्सी । भारत राजस्थानको भरतपुरमा शहरदेखि करीव १० किलोमिटर टाढा हत्नी गाउँमा मंगलवार धुमधामसंग दुई दाजुभाईको विवाह भयो । सफल दाम्पत्य जिवनको शुभकामना सहित राति सुतेका वेहुलीहरुले गरेको हर्कतका बारेमा जव बुधवार थाहा भयो परिवारका सबै चकित परे । बुधवार राती दुई नयाँ बेहुलीले घरको सुनचाँदी र नगद लिएर बेपत्ता भए । दुई बेहुलीले आफ्ना घरका सबैलाई बेहोस पारेर २ लाख रुपैया नगद र ५ लाख बराबरको गहना लिएर बेपत्ता भए ।
जव परिवारका केही सदस्य उठे उनीहरुले थाहा पाए की घरका केही सदस्य अझै बेहोस छन् भने दुई जना बेहुली गायब छन् । अघिल्लो दिन बेहुला बनेका ३२ वर्षीय रमेश उर्फ भूरा र २७ वर्षीय नाहर सिंहको जिवन एकैछिनमा तहस नहस भयो । उनीहरु सहित ७५ वर्षीय रामकिशन (ससुरा), र उनीहरुकी भाउजु २६ वर्षीया पूनम समेत बोहोस अवस्थामा थिए । घरका अन्य सदस्यले चार जनालाई अर्धचेत अवस्थामा जिल्ला आरबीएम अस्पतालमा भर्ना गरे ।
अस्पतालका चिकित्सकहरुले उनीहरुलाई खानेकुरामा बेहोस हुने औषधी मिसाइएको हुनसक्ने आशंका गरेका छन् । नयाँ बेहुलीका रुपमा आएका सीमा र शिवानीले मंगलवार राति परिवारका सदस्यहरुलाई खाना खुवाएका थिए । नयाँ बेहुलीले घरका सदस्यलाई खाना खुवाउने चलन हुन्छ । सोही अनुसार बेहुलीहरुले भात र अण्डा करी बनाएका थिए । खाना खाइसकेपछि सबै जनालाई चिया समेत खान दिए । चिया खाएपछि परिवारका सवै सदस्य वेहोस भए । वेहुलाका दाजु मुकेशले भने खाना धेरै खाएका कारण उनलाई चियामा हालिएको निन्द्रा लाग्ने औषधीले असर गरन । उनीले सबैलाई अस्पताल पुर्याएका थिए ।
परिवारका सदस्य जव बिहान उठे, तिनीहरूले दुलही घरबाट सुन चाँदीको गहना, बहुमूल्य कपडा, सामान र नगद लिएर घरबाट भागेको थाहा पाए । विवाहको प्रस्ताव लिएर आउने लमिलाई त्यसका बारेमा खबर गरे । सुरुमा त लमिले वेहुलीको खोजी गर्ने बताएका थिए तर पछि उनले पनि मोवाइल स्वीच अफ गरेर बसे । अवस्थाबारे बुझ्न केटा पक्षका दुलहीको घरमा जाँदा पनि ताला लगाएको भेटे ।
हठनीका रामकिशनको परिवारमा ६ छोरा र १ छोरी छन् । यी मध्ये दुई छोरा रमेश उर्फ भूरा र नाहर सिंहको नोभेम्बरमा बरेली (यूपी) निवासी सीमा र शिवानीसँग एसटीसी आवास बोर्ड भरतपुरमा विवाह भएको थियो । बरेलीका निवासी सन्तोष उर्फ पप्पूले लमीको काम गरेका थिए । उनले नै विवाहको प्रस्ताव ल्याएका थिए । विवाहमा २ लाख रुपैया खर्च भएको थियो । केटा पक्षले नै दुलही पक्षका परिवारलाई ट्याक्सीबाट भरतपुर आउँन जानको लागि भनेर १० हजार पनि खर्च गरेका थिए । दुबै वेहुला युवा दिल्लीको एक कारखानामा काम गर्छन् ।
यो पनि पढ्नुहोस : टिकटक प्रयोगकर्ताकोे संख्या १ अर्ब ५० करोड पुग्यो
क्यालिफोर्निया । पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।
टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।
सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् ।
यो पनि पढ्नुहोस : किन हटायो फेसबुकले सवा करोड स्टाटस ?
काठमाडौं । फेसबुकले पछिल्लो समय १ करोड १६ लाख स्टाटसहरु हटाएको छ । फेसबुकले दिएको जानकारी अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्ममा उक्त स्टाटसहरु हटाइएको हो ।
फेसबुकले किन यति धेरै संख्यामा स्टाटसहरु हटायो त ?
फेसबुकले स्पष्ट पार्दै भनेको छ, ‘बाल नग्नता र बाल यौन हिंसा सम्बद्ध स्टाटसहरुले बाल मनोविज्ञानमा असर पारेको भेटिएपछि कम्पनीले सवा करोड स्टाटसहरु हटाएको हो ।’
१४ वर्षिय मोली रसेलले आत्महत्या गरेपछि आएको सार्वजनिक प्रतिक्रिलाई आधार मानेर फेसबुकले उक्त स्टाटसमाथि छानबिन गरी हटाएको हो ।
सन् २०१७ मा १४ वर्षिय बालकले आत्महत्या गरेको र पछि उनका बाबुले ठूलो संख्यामा आत्महत्याका लागि उत्साहित बनाउने ग्राफिक विषयवस्तुहरु फेला पारेका थिए ।
फेसबुकका भाइस प्रेसिडेन्ट गाय रोसेनले ब्लगमा भनेका छन, ‘हामीले आत्महत्या वा अन्य चोटपटकलाई प्रोत्साहन गर्ने विभिन्न सामग्रीहरु हटाएका छौ ।’
उनका अनुसार कम्पनीले फेसबुकबाट सवा करोड र इन्स्टाग्रामबाट ७ लाख ५४ हजार वटा सामग्री हटाएको हो ।



