एजेन्सी / चीनमा एक बाँदरले एक महिलाको मोबाइल फोनबाट अन्लाइन शपिङ गरेको घटना भिडियोमा कैद भएको छ । ती महिलाले मोबाइल आफ्नो अफिसमा छोडेकी थिइन् ।
ती महिलाले उक्त बाँदर आफूले नै हुर्काएको र इन्टरनेटमा धेरैपटक सामान किनेको उसले देखेको महिलाले बताइन् ।

फोन समातेर बाँदरले स्क्रीनमा यताउता छोएको थियो ।घटना गत बुधवार चाङ्झुस्थित यानचेङ वाइल्ड यानिमल वर्ल्डमा भएको हो ।
चिडियाखानाकर्मीको नाम ली मेङमेङ हो । उनले दैनिक सामानहरू मगाउनका लागि फोनबाट चेक गरेको अनि त्यही बेलामा बाँदर भोकाएको थाहा पाएको बताइन् ।
बाँदरलाई खाना खोज्न जाँदा उनले फोन छोडेकी थिइन् ।खाना लिएर ली अफिस फर्किंदा उनले नकिनेको सामानको अर्डरलाई कन्फर्म गरेको सन्देश पाइन् ।
त्यसपछि उनले सीसीटीभी क्यामरा हेरेर के भएको हो पत्ता लगाइन् ।बाँदरले स्क्रीन चलाएर सामान मगाएको उनले देखिन् ।बाँदरले उनको अन्लाइन शपिङ कार्ट एकैपटकमा रित्त्याइदिएको थियो ।



