काठमाडौ । एमालेले घोषणापत्रमा वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताएका छन् । ०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरूको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजारसम्म पुर्‍याउने उल्लेख छ । प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना घोषणापत्रमा छ ।

आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए । उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

यस्तो छ, मूल नारा
एमालेले ‘संघीयता, समृद्धि र समाजवादको आधार : नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार’ भन्ने चुनावी मूल नारा बनाएको छ । समाजवादकेन्द्रित अर्थतन्त्रको विकासमा जोड दिइएको घोषणापत्रमा लोकप्रिय नारा र कार्यक्रमहरू समेटिएको नेताहरूले बताएका छन् ।

एक घर :  एक रोजगार कार्यक्रम
केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । नयाँ युगको नयाँ निर्वाचन, नेकपा एमाले नेपाली जनताको सच्चा प्रतिनिधि, नेपाली जनताको सपना : समृद्ध समाजवादको स्थापना, राष्ट्रिय अर्थतन्त्रमा तीव्र वृद्धि : विद्युत् ऊर्जामा आर्थिक समृद्धिलगायतका बुँदामा केन्द्रित रहेर योजना र कार्यक्रमको व्याख्या गरिएको छ । त्यस्तै, एक घर : एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।

५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय
नेपालको प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्‍याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना एमालेले घोषणापत्रमा छ । १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्‍याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।(नयाँ पत्रिका)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah