यो एक यस्ती महिलाको कहानी जो श्रीमती पनि हुन् र श्रीमान् पनि । यो आफैंमा एक अचम्मको कुरा हो, तर उनले यस्तै गरिन् । ती महिलाको शब्दमा नै पढ्नुहोस्, विचित्र विवाहको अनुभवः दुई वर्ष पहिले मैले आफैंसँग विवाह गरें । विवाहको दिन मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन थियो । म विन्टेज गाउनमा थिएँ र रसाएका परेलीले मेरो पिताले मलाई विदाई गरेका थिए ।

मेरा थुप्रै साथीहरु विवाहमा निकै खुसी भएर नाचिरहेका थिए । पुरुष र महिलाबिच आफूसँगै विवाह गर्ने अभियान संसारभरी निकै तिब्र रुपमा बढिरहेको छ । संसारभरी आफैंसँग विवाह गर्ने चाहना राख्ने मानिसहरुका लागि योसँग जोडिएका सल्लाहकार र सेल्फ–वेडिङ प्लानर तीब्र रुपमा विकसित भइरहेको छ ।

ब्राइटन (बेलायत) मा जुन दिन मैले विवाह गरें, त्यतिबेला आकाश निकै खुलेको थियो । त्यहाँ म आफ्नो ल्याब्राडोर कुकुर एलासँगै थिएँ । बेलायतमा मेरो यो विवाह वैध छैन । तर मेरा लागि उक्त समारोह निकै विशेष थियो । म ३८ वर्ष पुगिसकेकी छु र मैले जीवनमा दुःखद सम्बन्धको अनुभव बटुलेकी छु ।

मेरो अन्तिम पार्टनरलाई म अत्यधिक माया गर्दथें । म उनको प्रेममा बगेकी थिएँ तर उनले निकै चाँडै सम्बन्ध तोडिदिए । उक्त प्रेमको उमेर १८ महिना थियो । उनले मेरो साथीसँग मिलेर मलाई धोका दिए । उक्त धोका मेरा लागि सामान्य थिएन । यसले मलाई भयानक पीडा दियो । म गहिरो शोकमा डुबेकी थिएँ, मेरा आँसु रोकिएका थिएनन् । त्यतिबेला म आफैंसँग प्रश्न गर्दथें ।

त्योभन्दा अघि पनि मैले धोका पाइसकेको थिएँ र मलाई त्यसको डर थियो । मलाई तत्काल लाग्न थाल्यो कि एक पटक पुनः गलत व्यक्तिसँग प्रेम गरिरहेकी छु । मैले कहिले पनि युवतीजस्तो उक्त विशेष दिनका लागि कुनै सपना देखेकी थिइनँ । यद्यपी, ब्रेकअप पछि मैले आफूभित्र आफैंलाई खोज्न सुरु गरें ।

आफैंभित्र प्रेमको खोजी गर्नुजस्तो रोमान्टिक अरु के हुनसक्ला भन्ने बारे सोच्न थालें । कुनै अन्य राम्रा–नराम्रा व्यक्तिको साथ न त मलाई चाहिन्छ न नै कसैको लगातार खोजी गरिरहन सक्छु । सायद म जसको खोजीमा थिएँ, त्यो म नै हुँ । विवाह समारोहको आयोजना निकै सजिलो थियो ।

उक्त आयोजना मेरो खुसीको लागि मात्र थियो । मैले लण्डनबाट विन्टेज ड्रेस खरिद गरेकी थिएँ । विवाहका लागि मैले ब्राइटन बीच बुक गरेकी थिएँ । मैले विभिन्न प्रकारका पे य प दार्थको व्यवस्था गरेकी थिएँ । साथै विवाहको पारम्परिक मूल्यमान्यतालाई पनि अपनाकी थिएँ ता कि आफैंप्रति प्रतिबद्ध हुन सकूँ ।

मैले आफ्ना निराशासँग जुघ्ने कसम खाएँ । मैले आफ्ना असफलता स्विकार गरें । मैले राम्रो र नराम्रो दिनमा आफ्नो सबैभन्दा राम्रो साथी बन्ने कसम खाएँ । साथै, मैले सफलतालाई उत्सवको रुपमा मनाउने संकल्प पनि गरें । मैले विवाहको क्रममा संकल्प लिँदै भने, ‘म गर्नेछु ।’ जब म संकल्प लिइरहेकी थिएँ तब समारोहमा आएका अतिथीबिच एक प्रकारको सन्नाटा छाएको थियो ।

विवाहको समारोह निकै भव्य थियो । मैले समारोहमा आएका प्रियजनतर्फ हेर्दा सबैले मसँग खुसी बाँडिरहेको देखें । पूरा माहोल मेरो निर्णयप्रति आश्वस्त हुने भाव थियो । मैले सबैलाई डान्समा समावेश हुनका लागि आग्रह गरेकी थिएँ । विवाहमा उपस्थित सबैजनाले मज्जाले डान्स गर्नुभएको थियो । मेरी साथी क्याथले आफ्ना सन्तानसँग नाचिन् । थुप्रै मानिसहरुले अहिलेसम्म जति विवाह समारोहमा सरिक भए तीमध्ये सबैभन्दा उत्कृष्ट विवाह अनुभव भएको मलाई बताए ।

मेरा बुवाले उक्त विवाहलाई गम्भीरताका साथ लिए । उनी डराउँदै आफ्नो टाई सिधा गरिरहेका थिए । उनले मलाई पाखुरामा समाते र मलाई नै सुम्पिए । मलाई थाहा छ कि बुवालाई म कति माया गर्दछु । उनले सधैं मलाई साथ दिए । जे पनि मैले चाहें त्यसको समर्थनमा उनी उत्रिए । यति खुल्ला दिमाग भएका व्यक्ति मैले अहिलेसम्म देखेकी छैन ।

आफैंसँग विवाह गरेपछि मैले आफ्नो साथ र प्रशंसा पाउन थालें । मैले आफूलाई धेरै समय दिन थालें । यो जटिल पटक्कै छैन । आफूलाई प्रेम गर्न निकै सजिलो छ । म सधैं विवाहमा गरिएको आफ्नो संकल्पलाई याद गर्दछु र त्यसबारे प्रतिबद्ध छु । मेरो वेडिङ नाइट रोमान्स थिएन । वेडिङ नाइटमा सहवास पनि थिएन वा रोमान्टिक थिएन भन्न सकिन्छ । तर मैले रातभरी ती मानिसहरुसँग नाचे जसलाई म प्रेम गर्छु । जब बिहान भयो तब म विवाहित महिला भइसकेकी थिएँ र मलाई निकै राम्रो महसुस भइरहेको थियो ।

थुप्रै मानिसहरु मलाई एक ‘निराश महिलावादी’ भन्छन् । मैले आफूलाई कुनै व्यक्तिसँग रोमान्स गर्नका लागि अलग्गाएको छैन । नन बन्नका लागि मैले कुनै हस्ताक्षर गरेकी पनि छैन । यदि जीवनमा कसैको साथ मिल्छ भने त्यो उत्कृष्ट हुनेछ ।

अचम्मको दुनिया , एक महिलाले गरे २४ बर्षमा १२ विवाह

मानिसहरु बिवाह भन्ने बित्तिकै साधरण तया १ पटक अथवा एक ब्यक्ति संग भन्ने गरिन्छ । कही कतै केही स्थानमा तपाई हामीने सुन्ने भन्ने अनि भोग्ने गरेका पनि छौ होला ? आफ्नो मान्छेले बहु बिवाह गरेको जुन कुरा हाम्रो नेपाल लगाएत केहि बिभिन्न देशहरुमा गैर कानुनी मानिन्छ । तर भारतको मध्ये प्रदेरमा केहि महिना अगाडि बिवाह सम्बन्धी सबैलाई हैरान गर्ने खालको समाचार सार्वजनक भएको छ । त्यहा एक जनाले २४ वर्ष उमेर पुग्दा सम्म १२ जनासंग बिहे गरेकी छिन् ।

त्यही पनि महिलाले जुन एकदमै अपत्यारीलो छ । पुरुषले घेरै श्रीमती ल्याउने गरेको त थाहा भएकै कुरा हो । महिला भएर पनि १२ जना संग बिवाह ? जुन खवर ति महिलाका ११ औँ श्रीमानले प्रहरीमा उजुरी गरेपछि खुलासा भएको थियो । जस्ले गर्दा यो समाचार व्यापक भएको हो । यस्तैमा महिलाको ११ औँ श्रीमानले आरोप लगाएका छन, कि पैसाको प्रलोभनमा आएर माईति पक्ष नै उसको श्रीमतिको १२ जना संग विवाह गरिदिएका हुन् । यो कुरा मामला प्रदेशको खरगोन स्थित ग्राम बन्डगांव को हो ।

पीडित विक्रमले आफ्नो श्रीमति र सासु –ससुराको विरुधमा आरोप लिएर कलेक्टर अफिस पुगे जहा उसले दावा गरेका छन् ३ बर्ष अगाडि घुघरियाखेन्डीमा बस्ने सेवंतीबाई संग उनको विवाह भएको थियो विवाह भएको केहि समय पछि सेवंतीबाई घर छोडेर माईत गएकि थिइन् । माईत गएकि श्रीमति घर फर्के र नआए पछि विक्रमले सेवंतीबाईलाई उनको आमा बुबाले अरुनै ठाउँमा बेचेको आरोप लगाएका हुन् ।

श्रीमति घर नआएपछि विक्रमले आप्mनो तरिकाले खोजबीन शुरु गरे बताउछन् । खोजि गर्ने क्रममा सेवंती को यो भन्दा पहिला १० विवाहा भइसकेको जान्नमा आएको उनि बताउछन् । वित्रमको आरोप छ कि उनको सासु –ससुराले छोरीको विवाह को नाममा सौदा गर्छन र अहिले सम्म भएको विवाहमा उनिहरुले केटा पच्छेबाट मोटो रकम लिदै आएका छन् । जस्ले गर्दा पुनः फेरी पैसाको प्रलोभनमा आएर सेवंतीको १२ औं विवाह गरिदिएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah