काठमाडौँ/ यो साताको  पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।आज आइतबार छापावाल सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ ।

गत साताको शुक्रबार भने छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको थियो । यस्तै आज  तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ । आज छाडी प्रतितोला रु  ८५५ मा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड