एजेन्सी/ भारतका उत्तर प्रदेशस्थित बाँदामा रहेको बिजुली अड्डामा कर्मचारीहरू हेल्मेट लगाएर काम गर्छन् ।यसको अनौठो कारण छ ।
बिजुली विभागको कार्यालय भवन जर्जर भइसकेकोले कर्मचारीहरूले आफूलाई सुरक्षित राख्न हेल्मेट लगाउनुपरेको बताइएको छ । काम गर्दागर्दै छतको कुनै भाग टाउकोमा बज्रिएला भन्ने डरले गर्दा उनीहरू हेल्मेट लगाएर काम गर्छन् ।

कार्यालयका एक कर्मचारीले भने, ‘म यस कार्यालयमा आएको दुई वर्ष भयो । तर परिस्थिति परिवर्तन भएको छैन । हामीहरूले उच्च अधिकारीहरूलाई पनि जानकारी दियौं तर कुनै जवाफ आएको छैन ।’
ट्विटर प्रयोगकर्ताहरूले यस्तो बिजोकको स्थितिका लागि योगी आदित्यनाथ सरकारको आलोचना गरिरहेका छन् ।



