काठमाडौँ/ आज  साताको दोस्रो  दिन सोमबार सुनको मूल्य घटेको  छ।आज  सोमबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको छ ।

हिजो  आइतबार भने छापावाल सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि  आज घटेको  छ । आज चादी प्रतितोला रु ८५०  मा कारोबार भएको छ ।हिजो आइतबार चादी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड