झापामा चालू आर्थिक बर्षको नौ महिनाको अवधिमा करिब डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् । उक्त अवधिमा कुल पुँजी एक अर्ब ३८ करोड सात लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ ।

सञ्चालनमा आएका उद्योगमध्ये उत्पादनमूलक १८७, कृषिजन्य २०१, सेवामूलक २८०, पर्यटन र निर्माण सम्बन्धी १९/१९ उद्योग सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । कुल ७८४ उद्योगीले सञ्चालन गरेका ती उद्योगमा २ हजारले रोजगारी पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगको उत्पादकत्व वार्षिक ८२ करोड २९ लाख ८९ हजार २६२ रहेको छ ।

ती उद्योग दर्तावापत ७४ लाख ३७ लाख ४२४ राजस्व सङ्कलन भएको कार्यालयका नायब सुब्बा विष्णुचन्द्र झाले जानकारी दिनुभयो । त्यस्तै, सोही अवधिमा वाणिज्यतर्फ निजी र साझेदारी गरी ७९६ वटा फर्म दार्ता भएका छन् ।

   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah