महिला तथा युवतीको भित्रि बस्त्र, ब्रा। कतिपय युवतीले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन्। सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ।तर, कसिलो ब्रा लगाउँदा गम्भीर किसिमले गर्दन तथा ढाड दुख्न सक्छ । कतिपय महिला जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन्। तर, यसले गर्दा काँध, दुख्ने हातको पाता दुख्ने र गर्दनमा पनि दुख्ने गर्छ।

ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ। तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन। यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ। जसले गर्दा चिलाउने र पोल्ने हुन्छ। लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ।

नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ। यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ। त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ। कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ। गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ। कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहुँदा पेटमा असर गर्दछ।

कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ। यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो। एउटा शोध अनुसार महिलाको छातीसँग जोडिएको दुखाइ प्रायस् गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ। गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन्।