बर्दिबास \ गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ । घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ।घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ । अन्य घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ।

धनुषाको धनुषाधाम नगरपालिका-३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ  ।पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो।अन्नपूर्णपोस्ट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड