पाल्पा/ पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु१ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी प्रधान कार्यालयले मृतकको पहिचान खुलिनसकेको बतायो।मृत्यु हुने दुवै पुरुष छन्। जीपमा के कति यात्रु थिए यकिन भइसकेको छैन।प्रहरी टोली उद्धारमा खटिएको प्रधान कार्यालयले जनाएको छ।