कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मौसम सफा हुँदा मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।

मानिसका लागि भगवान र ईश्वरको बास हुने ठाँउ भनेकै जीवन हो । जसमा आफ्नो जीवन जत्तिकै आस्था जोडिएको हुन्छ । नेपालका अधिकांश देवालयहरुमा असंख्य मानिसको आस्था जोडिएको छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। यसैले भिमेश्वर अद्भुत शक्ति रहेको देवालयका रुपमा चिनिन्छन् ।

शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा (याकर पूजा समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय (रासपूजा० पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।

यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा९दोलखा भीमसेन चुडामणि० गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ।

भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ। देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो। यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ।

महाभारतको युद्ध पछि नै भीमसेनको मूर्ति स्थापना गरिएको अनुमान छ। भीमसेनको मूर्तिको साथै दाया तर्फ आमा कुन्ति , बाया तर्फ पत्नी द्रौपति र यस पछिको दाया वाया उत्तर दक्षिणमा भाइ नहकुल सहदेवको साधारण शिला मूर्ति स्थापना गरिएको छ। पाँच पाण्डव मध्येका युधिष्ठीर र अर्नुनको भने नाम निसाना छैन। भीमसेन वीर, साहसी, बलवान अन्याय अत्याचारको विरुद्ध लड्ने योद्धा भएको हुनाले भीमसेनलाई पूँजि आएको हुन सक्छ।

पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाडामा बसी श्री गौरी शंकरको प्राथना गरेका थिए भन्ने भनाई पनि छ। कालान्तरमा भरियाहरूले भात पकाउनको लागि २ गोटा ढुЄगा खोजी ल्याई यही त्रिभुजमा जोडी चुलो वनाए। भात पकाउदा त्रिभुज तर्फको भात काँचै भएकोले रीसले पनि उसले हिर्काउदा दाहिने तर्फ चोइटा गई दुध र रगत मिश्रति तरल पदार्थ वनेको देखि १२ जना भरियाहरू डराई यो साक्षत भगवान रहेछ भनि माफी मागी पूजा गरि आरूनो बाटो लागेछन् भन्ने किम्वदन्ति पनि छ।

२०३०। ३१ साल सम्म सुनखानीका १२ भरियाका सन्तानहरूले प्रत्येक बडा दशैको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो। पछि जनसाधारण देखि राजा महाराजाहरूले पनि पूजा गरि जग्गा जमीन गुठी राखेको र सुनचाँदीका गहना समेत चढाएको देखिन्छ। बडा दशै, चैते दशै , कार्तिकमा महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन, आदि पर्वहरूमा विशेष पूजा र भिड लाग्ने गर्दछ भने बडा दशैमा ३ राँगो, १२ बोका थमा, हाँस, कुखुराको विशेष बलिपूजा गरिन्छ।

श्री भीमेश्वर, भीमसेनलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ थाहा भए सम्म वि।सं। १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको थियो। यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा के कस्तो घट्ना भयो सवैलाई थाहा भएकै कुरा हो। यसरी श्री भीमसेन मूर्तिमा पसिना आउदा पसिना पुछेको कपास पहिले पहिले राजदरबार पठाउने र त्यहाबाट बलि पूजा पठाउने चलन थियो भन्ने स्थानिय व्यक्तिहरूको भनाई छ।

भीमसेनलार्इै व्यापारीहरूको इष्टदेवको रूपमा पनि पुजिन्छ। उहिले र अयहले पनि व्यापार गर्न पहाड डाडा नदी नाला भएर जानुपर्ने र चोर डाका जीव जन्तुको भय हुने भएकोले भीमसेनलाई सम्भिएर पुकार गरेमा संकटबाट मुक्त पाइने भएकोले र नोक्सान नभई नाफा नै हुने भएकोले व्यापारी वर्गहरूले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah