काठमाडौँ / साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैंयामा कारोबार भैरहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।