काठमाडौं/तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

साग पदक तालिका:

साग पदक तालिका:

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत    १३१    ७७    ४०    २४८
नेपाल    ४५    ४४    ७५    १६४
श्रीलङ्का    ३४    ६६    ९३    १९३
पाकिस्तान    २८    ३४    ४३    १०५
बङ्गलादेश    ८    २८    ६६    १०२
माल्दिभ्स    १    ०    २    ३
भूटान    ०    ०    ९    ९

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah