भारतको दिल्लीमा एक दुब्ला युवकले युवतीहरूलाई फकाउनका लागि चारपाँचवटा शर्ट लगाउने अनि उनीहरूबाट पैसा ठग्ने गरेको घटना सार्वजनिक भएको छ ।

बलिष्ठ ज्यान देखिएमा युवतीलाई फसाउन सजिलो हुने विश्वास गर्दै लुगा कोचेर ती युवकले तीन युवतीसँग मित्रता गाँसेका थिए ।

एक धनी युवतीसँग झुटो बोलेर उनले टीकाटालो समेत गरे । तर एक ठूलो सार्वजनिक विद्यालयमा भर्ना गराउने नाममा ठगेको मुद्दामा उनी प्रहरीको कब्जामा परे । त्यसपछि उनका सबै क्रियाकलापको पोल खुल्यो ।

पश्चिम दिल्लीका यी युवकको नाम तरुण पोद्दार हो । बिहारी पोद्दारबाट दुई ल्यापटप, एक मोबाइल फोन, एक ठूलो उडान कम्पनीको झुटो परिचयपत्र, आठ डेबिट र क्रेडिट कार्ड, आठ सिम कार्ड र एक किताब बरामद भएको छ । किताबमा उसले लेखकको नाम मेटेर आफ्नो नाम राखेको पाइयो ।

प्रहरीले बताएअनुसार, जनकपुरीमा बस्ने एक महिलाले उनको छोरालाई आरकेपुरमको एक ठूलो सार्वजनिक विद्यालयमा भर्ना गराउने नाममा पोद्दारले साढे आठ लाख भारु लिएको बताइन् । महिलालाई उसले भर्ना भएको कीर्ते इमेल पठाएको थियो ।

महिला विद्यालय पुग्दा उनको छोरो भर्ना नै नभएको र पूरै ठगिएको थाहा पाइन् । अनि उनले २९ मेमा प्रहरीलाई उजुरी गरिन् ।

अनुसन्धानका क्रममा आरोपितले अनेकचोटि ठेगाना परिवर्तन गरे । पछि उनलाई साइबर सेलको टोलीले पक्रियो । प्रहरीले गरेको सोधपुछमा आरोपितले बताएअनुसार, उनी पातला भएकाले कोटमुनि चारपाँच शर्ट लगाउँथे । युवतीहरूलाई प्रभावित पार्नका लागि उनी विलासी गाडी र दुई अंगरक्षक समेत राख्थे ।

आरोपितले एक धनी युवतीलाई प्रेमजालमा फसाएका थिए । उससँग विवाह हुनुअघि नै पोल खुल्यो ।

अनुसन्धानका क्रममा के पनि पत्ता लाग्यो भने एक ठूला अंग्रेजी लेखकको पुस्तकमा उनले आफ्नो नाम राखिदिएका थिए । त्यो किताब उनले एक अन्लाइन शपिङ साइटमा पनि अप्लोड गरेका थिए ।

उनले फेसबूक अकाउन्टमा पनि अनेकौं झुटा कुरा लेखेका थिए र युट्युबमा पनि झुटा कुरा राखेर युवतीहरूलाई आकर्षित गर्ने गरेका थिए ।

पोद्दारले कम्प्युटर साइन्समा बीएससी गरेका छन् । उनी अंग्रेजी बोलेर युवतीलाई फसाउने गर्थे ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah