१.अगाडि बढ्नु छ भने आफुलाई र अरूलाई हिजोको दृष्टिले होइन,आजको दृष्टिले हेर।हिजोको भाषा होइन,आजको भाषा बोल।हिजोमै रोकिने होइन आजमा प्रवेश गर।आजमा हिड तर हिजो र भोलिलाई पनि नबिर्स।हिजोको संझना र भोलिको कल्पनाबाट ऊर्जा लेऊ आजलाई गति देऊ।

२.सिकेर सकिदैन कहिल्यै।सर्वज्ञ र सर्वेसर्वा हुँदैन कोही। सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ।सफलतापछि पनि अर्को सफलता हुन्छ।अगाडि बढ्नुपर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३. टेक्नको लागि धरती छ,सोच्नको लागि आकाश छ,चढ्नको लागि शीखर छ,जिउनको लगि जीवन छ।उठ,हिंड, हेरेर हिढ, दृढतापूर्वक हिढ।शीखर जति टाढा भए पनि हिड्दै गरे मात्र नगिचिन्छ र पुगिन्छ आनन्दपूर्वक हिड।

४. कर्मठता र धैर्य होस् उत्साह अदम्य होस्।शक्ति साधन परिचालनको कला होस्।सफलता सहज बन्छ।

५.आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो छैन।आफूले आफैलाई दिएको वचन नतोडे पुग्छ।आफ्नै वचन आफनै निर्णय पूरा गरे पुग्छ।

६. काम सफल असफल जे होस्,ठीक हो भने गर्नुपर्छ,यसले जीवनलाई रस दिन्छ,अर्थ दिन्छ।सोचेका सबै काम भ्याउने छैनँ भन्ने थाहा छ तर सोच र प्रयास छाडेको छैनँ,प्रयास गर्दै गर्दा प्रेरणा पनि बढ्दै जान्छ।समयलाई रित्तै जानदिन हुँदैन जीवन निरस बन्न हुँदैन।

७. सोच प्रस्ट होस्।संभावना देख्ने दृष्टि होस्,साकार पार्ने संकल्प होस्।बाटोको सही पहिचान होस्।हिडाइ नियमित होस्।सफलता सहज बन्छ,सुलभ हुन्छ।