एजेन्सी/ चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् ।

यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम दिइएको छ । मिडिया रिपोर्ट अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन् । सुँगुरका यी दुई बच्चा स्टेम सेल र प्रजनन जीव विज्ञानको स्टेट प्रयोगशालामा पैदा भएका थिए तर जन्मिएको एक हप्ताभित्रै यी दुईको मृत्यु भयो ।

द मिररको रिपोर्ट अनुसार बेइजिङको स्टेट सेलकी प्रमुख प्रयोगशाला र प्रजनन जीवन विज्ञानका वैज्ञानिकलाई मान्ने हो भने यो बाँदर–सुँगुरको पहिलो रिपोर्ट हो । वैज्ञानिकका अनुसार पाँच दिनका पिगलेट भ्रुणमा बाँदरको स्टेम कोसिका थिए । तर यी दुई बाँदर–सुँगुरको मृत्यु किन भयो भनेर स्पष्ट हुन सकेको छैन । वैज्ञानिकका अनुसार उनीहरुको मृत्यु आइभीएफ प्रक्रियामा कुनै प्रकारको समस्याका कारण भएको हुनसक्छ ।

स्मरण रहोस्, यो प्रयोग स्पेनिश वैज्ञानिक युआन कार्लोस इजिपिसुआ बेलमोन्टेले दुई वर्ष अघि गरेको प्रयासलाई अनुसरण गर्दै गरिएको हो । द न्यू साइन्टिस्ट पत्रिकाको रिपोर्टमा बताइए अनुसार तांग हाइ र उनको समूहले जुआन कार्लोसको सोचलाई अघि बढाएका हुन् र आनुवंशिक रुपमा संशोधित बाँदर कोसिकालाई ४ हजारभन्दा बढी सुँगुरको भ्रुणभित्र हालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय