काठमाडौं/ तपाई पूजापाठका लागि वा कार्यालय खोल्नासाथ धुप(अगबत्ती) बाल्नु हुन्छ होला ? तपाईले धर्मका लागि वा ग्राहक आउन् भन्ने अपेक्षासहित पसल वा कार्यालयमा बालेको धुपले स्वास्थयमा निकै ठूलो असर पारेको वा पार्ने बारे कहिल्यै हेक्का गर्नु भएको छ ।

यदी छैन भने यसलाई ध्यान दिने गर्नुहोस् । किनकी धुपले स्वास्थ्यमा चुरोटको सेवन भन्दा ठूलो असर गर्न जान्छ । पूजाआजा तथा कुनै सांस्कृतिक कार्यक्रममा अगरबत्ती प्रयोग गरिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसको प्रयोग पूजापीठमा धेरै पहिलेदेखि नै हुँदै आएको छ। कतिपयले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्छन्।

धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ। अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ। यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ।

अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने धारणा चिकित्सकहरूको छ।