एजेन्सी/ म्युजिक भिडियोमा अर्धनग्न भएर केरा खाँदै गरेको देखिएकी इजिप्टकी एक पपगीत गायिकालाई ‘अश्लीलता भड्काएको’ आरोपमा दुई वर्षको कारावास सजाय सुनाइएको छ ।

 

शाईमा अहमद भिडियोमा अन्तर्वस्त्र लगाएर जवान केटाहरूको क्लासरूममा रहेको देखिन्छिन् ।

क्लासको कालोपाटीमा ‘क्लास ६९’ लेखिएको देखिन्छ र उनी सेक्सी तालले स्याउ र केरा खाइरहेकी अनि केरामा दूध खन्याइरहेकी देखिन्छिन् ।

‘आई ह्याभ इस्युज’ बोलको गीतको भिडियोले सामाजिक सञ्जालमा हंगामा मच्चाएको थियो । इजिप्टको पुरातनपन्थी समाजमा यसको बारेमा धेरै चर्चा भएको थियो ।

धेरै उजुरीहरू परेपछि यी २५ वर्षीया गायिकालाई थुनामा राख्नुपर्ने भनी अभियोजकहरूले निर्देशन दिएका थिए ।

इजिप्टको एक अदालतले उनलाई अश्लीलता फैलाएको आरोपमा दुई वर्षे कारावास सजाय सुनाएको थियो ।

उनलाई १० हजार इजिप्सियन पाउन्डको जरिवाना पनि लगाइएको छ र उनले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछिन् ।

भिडियोका निर्देशकलाई पनि जरिवाना लगाइएर दुई वर्षको कारावास सजाय दिइएको छ । अश्लीलता भड्काएको र सार्वजनिक नैतिकतामा क्षति पु–याउने गरी भिडियो बनाएको आरोप दुवैलाई लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah