काठमाडाैं/भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् ।२१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन् ।त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् । माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागिन् ।स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय