तपाईं चुरोटको अम्बली हो ? अनि चुरोटको लतबाट टाढा हुन खोजिरहनुभएको छ ? यदी त्यसो हो भने तपाईंले के केही कुरामा ध्यान दिनुभयो भने चुरोटको लतबाट टाढा रहन सक्नुहुन्छ ।
चुरोटको लतबाट टाढा रहनका लागि निम्न उपाय अबलम्बन गर्नुहोस् :
- चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ।
- चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ।
- किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस।
- अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस्। यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ।
- मनलाई नियन्त्रण गर्नुहोस्। आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस्।



