एजेन्सी / अजिंगरको नाम सुन्ने मात्रै पनि धेरैको सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएकी छिन् ।घटना भारतको हो । स्थानीय मिडिया अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको हो । बहादुरी देखाउने महिला नेवी अफिसरकी श्रीमती बताइन्छ । उनको नाम विद्या लेखिएको छ ।

हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् । महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु ।’
भिडियोमा देखिए अनुसार विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेकी छिन् । यसमा उनलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग गरे । त्यतिबेला उनले भिडियो खिच्ने व्यक्तिलाई ‘कति फोटो, भिडियो खिचेको, सहयोग पनि गर न’ भनिरहेको पनि सुन्न सकिन्छ । विद्याले आफ्नो नेतृत्वमा उक्त अजिंगरलाई सकुशल ब्यागभित्र राखेको भिडियोमा देख्न सकिन्छ ।
20 Kg python caught alive by wife of senior Navy officer.
Leave aside women, wonder how many men can show such guts.
I love my Navy. pic.twitter.com/6XNUBvE7MU— Harinder S Sikka (@sikka_harinder) December 11, 2019



