काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम‍ फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जाेखिमबाट बच्न सकिन्छ ।

चिसोको असर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

-शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । -पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ । -मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । -युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । -रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ । -चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?

-न्यानो कपडा लगाउने -घरमा बस्दा पनि न्यानाे कपडा लगाउने -आगो ताप्ने । -यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने । -चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने । -धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने -पौष्टिक खानेकुरामा जोड दिने । -बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने । -मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने । -समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित ) उज्यालो बाट साभार