दमक/ झापाको दमकमा कतिपय सहकारी संस्थाहरु विवादमा परेको र बचतकर्ताको बचत फिर्ता दिन नसकेको अवस्थामा दमकको द एभरेष्ट सहकारी संस्थाले झापाको प्रमुख ब्यापारीक केन्द्र बिर्तामोडमा आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाका सचिव ज्ञाननाथ पौड्याल ज्ञानुका अनुसार शुक्रबारदेखि बिर्तामोडमा सेवा केन्द्रबाट कारोबार शुरु गरेको छ ।

सेवा केन्द्रको उद्घाटनमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराइले गरेका थिए । संस्थाका अध्यक्ष दिपक खरेल सहितका पदाधिकारीहरुले सहकारीको मर्म र भावाना अनुसार आफुहरु अघि बढेकाले सफलता मिल्दै गएको बताएका थिए ।

यस सहकारीको पाँच करोड ६५ लाख ५३ हजार दुई सय १८ रुपैंया शेयर पुँजी रहेको छ । लेखा संयोजक राजु न्यौपानेले विधि सम्मत कारोबारलाइ सधै आत्मसाथ गर्ने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय