एजेन्सी/ प्याजको स्थिति यहाँसम्म पुगेको छ, कि अब बिवाहमा पनि बेहुलाबेहुली एकअर्कालाई प्याजकै बरमाला पहिर्याउन थालेका छन्।
भारतको वाराणसीमा एउटा वैवाहिक कार्यक्रम हुँदै थियो, जब माला पहि¥याउने समय आयो तब वरवधूले एकअर्कालाई प्याजको वरमाला लगाइदिए।
यति मात्र होइन विवाहमा आएका पाहुनाले पनि नवदम्पत्तीलाई प्याजकै टोकरी उपहार दिए। वैवाहिक कार्यक्रममा आएकाहरुका अनुसार यो सिजनमा प्याजको भाउ उकालो लागेको छ,त्यसको विरोधस्वरुप यो उपाय अपनाइएको हो।
यो विवाहमा कयौँ स्थानीय नेता पनि पुगेका थिए। नेताहरुले भनेका छन्, नवविवाहितबीच प्याजको भाउलाई लिएर झगडा नहोस् त्यही भएर उपहार पनि प्याज र लसुन नै दिइएको हो।




