तुलसी एक बहुमुल्य बनस्पति हो । स्वास्थ्यमा आउने विविध समस्याको समाधानको निम्ति प्राचिन कालदेखि नै तुलसीको प्रयोग गर्दै आएको पाइन्छ । विशेषगरी जाडोयाममा मानव स्वास्थ्यमा आउनसक्ने विभिन्न समस्याबाट छुट्कारा पाउन तुलसीको प्रयोग गर्न सकिन्छ ।

औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या आदि हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले अचूक औषधीको काम गर्छ । आउनुहोस हेरौं जाडोमा तुलसी बाट हुने फाइदाहरु केके छन् त!

१. ज्वरो, आलश्यता, अरूचि आदि रोगको लागि तुलसीको पातको चिया बनाएर खानाले यी रोगहरू दूर हुन्छन्। तर यसको प्रयोग नियमित हुनुपर्छ।

२. निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चा पानीमा घोलेर केही दिन पिउँदा ज्वरो निको पार्दछ ।

४.तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने कफ निकाल्छ । छातीको दुखाइ पनि कम गर्छ । तुलसीको अद्भूत क्षमताले स्वास प्रणालीको झिल्लीमा पनि सकारात्मक प्रभाव पार्दछ ।

५. स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बिउमा जिराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग दूर हुन्छ।

६. तुलसीलाई दुधसँग मिसाएर सेवन गर्दा थप लाभ गर्छ । यस्तो मिश्रण खाली पेटमा सेवन गर्दा प्रभावकारी हुन्छ । यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा हुन्छ ।

७. सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

८. तुलसीको पातलाई पानीमा उमालेर दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउदा लामखुट्टेले टोकेको समेत आराम मिल्छ।

९. हरिया तुलसीका पातहरु पानीको मात्रा अनुसार हाल्दा पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसीको पातलाई छायाँमा सुकाएर फिटकिरी मिसाएर पिसेर तयार पारिएको झोलले घाउ शीघ्र निको हुन्छ।

१०. टाउको दुख्ने समस्यामा पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई मद्दत गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो उत्तिकै लाभदायक हुन्छ । यसैगरी, मुटुसम्बन्धी समस्या हुने व्यक्तिले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

उपरोक्त विधि प्रयोग गरि आफु पनि निरोगी बनौं र शेयर गरि अरुलाई पनि सहयोग गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah