एजेन्सी/ अन्डालाई स्वास्थ्यका लागि निकै लाभदायक मानिने हुनाले पनि अन्डा सबैले खाने गर्छन् । अधिकांश मानिसले अन्डा खाएपनि अन्डाको बोक्राबारे जानकारी नहुँदा त्यसलाई फाल्ने गर्छन् । अन्डाको बोक्रालाई मानिसहरुले त्यति ध्यान दिदैनन् तर वास्तवमा यसले हामीलाई विभिन्न तरिकाले फाइदा गराउन सक्छ । विशेषगरी यसले हाम्रो सौन्दर्य बढाउन मद्दत गर्छ ।

अनुहारमा चमक अन्डाको बोक्रालाई धोएर त्यसको पाउडर बनाएर अन्डाको सेतो भागसँग मिसाउने र फेस प्याक बनाएर लगाउने हो भने यसले हाम्रो छालालाई नरम र चम्किलो बनाउँछ । यसका साथै यसले छालाका डेड सेललाई हटाएर छाला गोरो बनाउन मद्दत गर्छ । हप्तामा २ देखि ३ पटकसम्म यसरी अनुहारको रङ गोरो हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दाँतको पहेँलोपन हटाउन यदि तपाई दाँत पहेँलो भएका कारण दिक्क हुनुहुन्छ भने अन्डाको बोक्राको पाउडर बनाएर दैनिक दाँतमा रगड्ने गर्नुहोस् । केही दिनमै तपाईको दाँत पहेँलोबाट सेतो र चम्किलो हुनेछ ।

अनुहार सुख्खा भएर फुटेमा यदि तपाईको अनुहारको छाला कमलो र सुख्खा छ भने छाला फुट्ने र पोल्ने समस्या हुन्छ । यस्तोमा अन्डाको बोक्राबाट बनेको फेस प्याक लगायो भने यसमा भएको एन्टिइन्फ्लामेटरी गुणका कारण यसले संक्रमण हुनबाट बचाउँछ अनि छालासम्बन्धी समस्यालाई कम गराउँछ । यसले सुख्खापनबाट पनि राहत दिलाउँछ ।

यसको फेस प्याक बनाउने तरिका : पहिले अन्डाको बोक्रालाई धोएर सफा पार्ने । त्यसपछि यसको पाउडर बनाउने अनि त्यसमा एप्पल साइडर भिनेगर मिलाउने । ५ दिनसम्म सो मिलावटलाई सुक्न दिने अनि रुवाले डुबाएर अनुहारमा लगाउने । यसले तपाईको छालामा पक्का पनि सकारात्मक परिणाम ल्याउनेछ ।