पछिल्लो समय धेरै युवायुवती डेटमा जाने गर्दछन् । तर डेटमा जादाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी नहुँदा कतिपय प्रेममा असर पर्ने गर्दछ ।

दिक्क लाग्न नदिनुहोस्

हरेक ब्यक्ति भेटमा रमाइलो होस् भन्ने चाहन्छन् । अझ डेटिङको भेट हरेक प्रेमिकाको चाहनाअनुसार रमाइलो होस् भन्ने हुन्छ । त्यसैले डेटमा कहिल्यै प्रेमिकालाई नरमाइदो वा बोर हुन दिनुहुँदैन ।

चुपचाप नवस्ने

डेटिङमा कतिपय पुरुष कम बोल्ने गर्दछन् । तर केटीलाई आफ्नो प्रेमी गफ गरिरहोस् भन्ने चाहना हुन्छ । तर चुप नलाग्नु भन्दैमा प्रेमिकाको कुरा काटेर आफँै मात्र बोल्नु भने हुँदैन ।

भावनात्मक सम्बन्ध देखाउनुहोस्

डेटमा जाँदा आफ्नो प्रेमिकाको भावना बुझ्नुहोस् । यदि उनी दुखी छिन् भने कारण पत्ता लगाएर त्यसको समाधानको उपाय दिनुहोस् । कुनै सहयोगको अपेक्षा छ भने त्यसलाई पूरा गर्ने उपाय बताउँनुहोस्

प्रेमिकाको कुरा सुन्नुहोस

कतिपय टेलिफोन वा म्यासेजमा भन्न नसकेका कुरा डेटमा जाँदा भन्ने प्रेमिकाको बानी हुन्छ । यस्तोमा उनीहरुको कुरा ध्यान दिएर सुनिदिनु पर्ने हुन्छ । स् प्रेमिकाहरुमा आफ्नो कुरा सुनाउने बानी पनि हुन्छ ।

अनावश्यक फोन नउठाउनुहोस

प्राय डेटमा जाँदा प्रेमीप्रेमीका बीचको मात्र कुराकानी हुनुपर्छ । यस्तोमा बाहिरबाट आउने टेलिफोन कलले अहसज तुल्याउने गर्दछ । तसर्थ डेटमा भएको बेला बाहिरको कल उठाउनु वा लामो कुराकानी गर्नु हुँदैन । अति आवश्यक कल भए प्रेमिकाकै अगाडि ‘फोन उठाउँछु है’ भनेर अनुमतिका साथ उठाउन सकिन्छ ।

वादविवाद नगर्नुहोस्

कुनै पनि डेटमा प्रेमका कुरा वा एकआपसका कुराले मात्र प्रवेश पाउनु पर्छ । तर कतिपय प्रेमी भने राजनीतिक बहस वा देशको माहौलबारे चर्चा गर्न थाल्छन् । यो डेटका लागि सबैभन्दा अनुपयुक्त विषय हो । साथै डेटमा रहँदा कुनै पनि बिषयमा विवाद गर्नु हुँदैन यसले नकारात्मक असर पर्छ ।

यौन, चुम्बन र अंकमाल

प्राय प्रेमीहरु डेटमा प्रेमिकासँग चुम्बन गर्न खोज्ने, यौनको चाहना राख्ने वा अंकमाल गर्न चाहन्छन् । जब की डेटमा जाँदा यो गरिहाल्नु पर्छ भन्ने हुँदैन । त्यसैले प्रेमीकालाई चुम्बन, यौन र अंकमालका लागि ढिपी गरेर दबाब नदिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah