काठमाडाैं/ आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’को विशेष कर्जा सुविधा योजना ल्याएको छ ।
यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।
‘सानिमा प्रथम घर कर्जा’ योजना अन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छूटजस्तो आकर्षक सुविधा प्रदान गर्नेछ । साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको शुरूवाती समयका लागि यथावत् राखिने छ ।
आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले ‘सानिमा प्रथम घर कर्जा’को आकर्षक फाइदाहरू तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् ।
‘सानिमा प्रथम घर कर्जा’ देशभर रहेका सबै सानिमा बैंकका शाखाहरूबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरू, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटीएम रहेका छन् ।लोकान्तर




